+
+

साल्ट ट्रेडिङ कर्पोरेसनको ३५ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १८:५५

३० मंसिर, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वाषिर्क साधारणसभा मंगलबार सम्पन्न भएको छ । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सामाजिक दुरी कायम राख्दै केन्ऽिय कार्यालय परिसरभित्र साधारणसभा गरेको हो ।

कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुम मार्फत साधारण सभामा सहभागी भएका थिए । कर्पोरेशनको कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वाषिर्क प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेसनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरी आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वाषिर्क प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५.०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

कर्पोरेशनले अंगालेको व्यापार विविधीकरणको नीति अनुरुप कर्पोरेसनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १,५३,५७,५८० र .३,८३,९३,९५० बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनी मध्ये २५०० मेटि्रक टन चिनी भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमी एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कठिन सक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्‍याउदै आˆनो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए ।

लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफना बिक्री कक्षहरु मार्फत र डेलिभरि भ्यान मार्फत टोल टोलमा एसटीसिको नारासहित आम उपभोक्ताको घरदैलोसम्म सेवा पुर्‍याउदै आएको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।

व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेसनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको पनि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।

साथै उले दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुपथ मूल्यका पसल संचालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको स्पस्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?