Comments Add Comment

चितवनमा अवैध औषधिसहित ८ जना पक्राउ

१ पुस, चितवन । चितवन प्रहरीले ३१ लाख मूल्य बराबरको अवैध औषधिसहित ८ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माडी नगरपालिकाको विभिन्न ठाउँबाट ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको अवैध औषधि बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) भरतपुर पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न ८ जनालाई सार्वजनिक गरेको छ ।

मंसिर ३० गते बिहान ८:४० बजेको समयमा इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको टोलीले माडी नगरपालिका-९ सोमेश्वरमा माडीतर्फ आउँदै गरेको ना४ख ४४२५ नम्बरको गाडीलाई रोकेर चेकजाँच गर्दा अवैध औषधि बरामद गरेको थियो ।

गाडीको डिक्कीमा लुकाएर राखिएका विभिन्न प्रकारका औषधि फेला परेपछि चालक राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा माडी नगरपालिका-३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाइ राखिएको अवस्थामा पनि विभिन्न प्रकारका औषधिहरु प्रहरीले फेला परेको थियो ।

औषधि ओसारपसार कार्यमा संलग्न मकवानपुरको गढी गाउँपालिका-८ का २५ वर्षीय सुरज गौतम, गढी-३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका-५ का २५ वर्षीय उज्जवल पोख्रेल र वडा नं.२३ का २३ वर्षीय विपिन सापकोटा, चितवनको कालिका नगरपालिका-४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका-३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, सोही स्थानका २२ वर्षीय मिलन महतो, कालिका-३ का ३१ वर्षीय हरिशरण महतो लाई पक्राउ गरेको हो ।

प्रहरीले आज (बुधबार) विहान मात्रै पनि माडी नगरपालिका-९ बगही खोला किनारको झाडीमा बेवारिसे अवस्थामा रहेका ७ प्रकारका औषधि पनि बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुसंग बरामद गरिएका र बेवारिसे फेला परेका औषधि गरी कुल ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले पक्राउ परेकाहरु विरुद्ध विभिन्न मुद्धा अन्र्तगत अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले अवैध औषधिको नेटवर्किङ धन्दा चलिरहेको भन्दैं अनुसन्धानलाई सोहीतिर केन्द्रीय गरिएको बताए ।

औषधि बारेको अनुसन्धानका भने औषधि व्यवस्था विभाग पठाइने जानकारी एसी गुरुङले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment