
१ पुस, चितवन । चितवन भरतपुरमा रहेको ‘द फन रेसिडेन्सी’ (होटल चितवन) ले द साउथ एसियन ट्राभल अवार्ड जितेको छ । सिजी ल्याण्डमार्कमा रहेको होटलले मंगलवार लिडिङ इको फ्रेण्ड्ली सिटी होटल विधामा अवार्ड पाएको हो ।
होटलले बुधवार एक पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जानकारी गराएको हो । होटलका म्यानेजर दीपेन्द्र पोखरेलले होटलले वातावरण प्रदुषण गर्ने तथा अन्य कुनै पनि वातावरणलाई हानी गर्ने काम नगरेको तथा वातावरण मैत्री भएकोले अवार्ड पाएको जानकारी दिए ।
अवार्डमा दक्षिण एसियाका दर्जनौं होटलहरू नोमिनेशनमा परेका थिए । पर्यटकीय र व्यवसायिक प्रयोजनलाई लक्षित गरी बनाइएको होटलमा ४८ वटा सुविधा सम्पन्न कोठा, दुईवटा सेमिनार हल, स्वीमिङ पुल, खूल्ला एवम् रमणीय स्काई लाउन्च, स्काई स्पोर्ट वार, ३६० लाउन्च रहेको छ ।
द फन रेसिडेन्सी (होटल चितवन) ले आगामी पुस ९ गते क्रिसमस पर्वका अवसरमा ‘क्रिसमस २०२०’ कार्यक्रम गर्ने जनाएको छ । होटलको छैठौं तलामा हुने कार्यक्रममा गायक निशान भट्टराईले आफ्नो सांगीतिक प्रस्तुती दिने कार्यक्रम छ ।
सो कार्यक्रममा सहभागी हुन चाहानेलाई रु २०२० को टिकटको व्यवस्था गरिएको होटलकी सेल्स तथा मार्केटिङ म्यानेजर श्रीषा भट्टराईले जानकारी दिइन् । कार्यक्रममा लाइभ बार बि क्यू, गला डिनर, लाइभ सेन्टा क्लज, क्रिसमस ट्री, आर्कषक सरप्राइज गिफ्ट दिने व्यवस्था गरिएको उनले बताइन् ।
यस्तै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसरमा ‘न्यू एयर इभ’ कार्यक्रमको आयोजना गरेको पत्रकार सम्मेलनमा जारी दिइयो । सो कार्यक्रममा नेपाल आइडलको टप थ्रीमा पर्न सफल गायक किरण भूजेलसहित स्थानीय केही चर्चित ब्राण्डहरुले प्रस्तुती रहने होटलले जनाएको छ ।
नयाँ बर्षको स्वागतमा लाइटसहितको बेलुन उडाउन तथा अतिसवाजी गर्ने कार्यक्रमसमेत राखिने होटलका म्यानेजर दीपेन्द्र पोखरेलले बताए ।
प्रतिक्रिया 4