Comments Add Comment

शृंखला खतिवडादेखि दयाहाङ राईसम्म क्रिकेट मैदानमा

गायक प्रकास सपूत, तेक्वान्दो खेलाडी संगीना बैद्य, अभिनेत्री सुरक्षा पन्त, स्ट्यान्ड अप कमेडियन सन्दिप क्षेत्री जब क्रिकेट मैदानमा उत्रनेछन्, उनीहरुबीचको घम्साघम्सी कस्तो हुन्छ होला ? फरक क्षेत्रमा परिचित यी अनुहारहरुले क्रिकेटमा आफ्नो क्षमता कसरी देखाउँलान् ?

उत्सुकता मेट्न माघ २४ गतेसम्मको मिति कुर्नुपर्नेछ । चितवनको भरतपुर महानगरपालिकास्थित निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यो रोचक भिडन्त साक्षतकार गर्न पाइनेछ । यसको मेलोमेसो मिलाएका छन्, गृष्मा ब्रोडकास्टिङले । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा तीन टिम रहनेछन् ।

‘स्टार क्रिकेट–२०२१’ शीर्षकको यो प्रतियोगिता यसकारण पनि घतलाग्दो हुनेछ कि, जहाँ क्रिकेटभन्दा बाह्र हात परका सेलिब्रेटीहरु आपसमा भिड्नेछन् । जस्तो कि, अभिनेत्री बेनिसा हमाल, गायक प्रमोद खरेल, तेक्वान्दो खेलाडी दीपक विष्ट । गायिका स्मिता दाहाल, फुटबलर हरि खड्का, अनिल गुरुङ, संचारकर्मी नरेश भट्टराई, तेक्वान्दो खेलाडी संगीना बैद्य, हास्य कलाकार कुमार कट्टेल, बडी बिल्डर महेश्वर महर्जन, अभिनेता अनुपबिक्रम शाही पनि यसमा सम्मिलित छन् । उसो त, क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद दासले सेलिब्रेटी टिमको कप्तानी सम्हाल्नेछन् । उनीहरुसँगै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, करण केसी जस्ता क्रिकेटर पनि मैदानमा उत्रनेछन् ।

रंगशाला निर्माण गरिरहेका धुमुर्स सुन्तली फाउन्डेसनका सीताराम कट्टेल र कुन्जना घिमिरे पनि यसमा छुट्ने कुरा भएन । समग्रमा क्रिकेटर, अभिनेता, अभिनेत्री, कमेडियन, फुटबलर, तेक्वान्दो खेलाडी, गायिका, संचारकर्मीबीच यो प्रतियोगिता हुनेछ ।

आयोजक गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे भन्छन्, ‘यो नितान्त फरक र रोचक हुनेछ ।’ खासगरी निर्माणधीन रंगशालालाई सहयोग गर्ने उदेश्यले यस्तो प्रतियोगिता गर्न लागिएको उनको भनाई छ । उक्त खेलमा प्रयोग हुने बल, ब्याट, जर्सी लगायतका खेल सामग्री सेलिब्रेटीहरुको हस्ताक्षरसहित बिक्रीका लागि फाउन्डेसनलाई प्रदान गरिने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment