Comments Add Comment

हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाले सडक प्रदर्शन गर्ने

१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान, सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग गर्दै जनप्रदर्शन र संघर्षको कार्यक्रम तय गरेको हो ।

आन्दोलनको कार्यक्रमअनुसार पुस १२ गते देशका ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने तय भएको राप्रपा नेता मोहन श्रेष्ठले बताए ।

त्यस्तै पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने, पुस चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने निर्णय गरेको नेता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment