+

सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

२०७७ पुष  २ गते ६:५३ २०७७ पुष २ गते ६:५३
सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

२ पुस, काठमाडौं । शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको पाँचौ स्थानमा उक्लेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि २-१ को पुनरागमन जित हात पारेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डे जोङले गोल गरे ।

खेलको २७औं मिनेटमा विलियन जोसले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४३औं मिनेटमा अल्बाकै पारसमा डे जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फ थप गोल हुन सकेन र बार्सिलोना विजयी भयो ।

जितपछि १२ खेलबाट २० अंक जोड्दै बार्सिलोना पाँचौ स्थानमा उक्लेको छ । उता १४ खेल खेलिसकेको सोसिडाड भने हारपछि दोस्रो स्थानमा झरेको छ । सोसिडाड एट्लेटिको मड्रिडसँग  गोलअन्तरमा पछि परेको हो । एट्लेटिको, सोसिडाड र रियल मड्रिडको समान २६ अंक छ । एट्लेटिकोले ११ र रियलले १३ खेल खेलेका छन् ।

लिगमा लगातार दुई खेल जितेपछि बार्सिलोनाले शीर्ष स्थानको टीमसँग अंक दूरी ६ मा झारेको छ ।

बार्सिलोना स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय