Comments Add Comment

द्वन्द्व बढेसँगै छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन

२ पुस, काठमाडौं । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ ।

१.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ विलियन बंगलादेशमा, ४५० मिलियन श्रीलंकामा र २८० मिलियन श्रीलंकामा लगानी भएको छ ।  छिमेकमा भएको कुल लगानीमध्ये झण्डै पचास प्रतिशत पाकिस्तानमा भएको छ ।

भारत र पाकिस्तानको विचमा कुनै तनावपूर्ण सम्बन्ध रहेको छ भने चीन र पाकिस्तानको विचमा एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यी मुलुकहरुमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत लगानी भएको छ ।

विश्लेषकहरुले चीनको लगानी पारदर्शी नभएका कारण अझै बढी लगानी भएको हुनसक्ने बताएका छन् । तर नेपालमा यो विचमा चीनले कति सहयोग ग¥यो भन्ने सम्बन्धमा भने सो अध्ययनमा केही पनि उल्लेख गरिएको छैन ।

उता भारतले पनि चीनसँगको द्वन्द्व बढ्दै गएपछि आफ्ना छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनाहरुमा लगानी बढाउँदै लगेको छ । एकातिर उसले कनेक्टिभिटी परियोजनामा अरबौ लगानी गरिरहेको छ भने अर्काेतिर कोभिड सम्बन्धी सहयोग पनि बढाएको छ ।

भारतले श्रीलंकलाई मुद्रा विनियम सुविधाको लागि ४०० मिलियन अमेरिकी डलरको सहयोग गरेको छ भने माल्दीभ्सलाई पनि त्यही सहयोग गरेको छ ।

त्यसैगरी भारतले माल्दिभ्सलाई बजेटरी सपोर्ट समेत गरेको थियो । त्यसैगरी भारतले ग्रेटर माले कनेक्टिभिटी परियोजनाको लागि समेत सहयोग गरेको थियो । त्यसैगरी बंगलादेशलाई रेल र अन्य परियोजनाहरुको लागि समेत सहयोग गरेको छ ।

चीनको बीआरआईलाई काउन्टर गर्न भारतले पछिल्लो समयमा छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनामा लगानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment