Comments Add Comment

अमेरिका ‘पलायन’ भयो भन्दा मन दुख्छः सुरेश दर्पण

५ बर्ष अगाडि एउटा कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका निर्देशक तथा संचारकर्मी सुरेश दर्पण पोखरेल उतै बसे । अमेरिका पुगेर ग्रिन कार्ड प्रक्रियाको बारेमा वुझ्दा चलचित्रकर्मीलाई केही हदसम्म सहज हुने रहेछ भन्ने वुझेपछि उनले प्रक्रिया अगाडि बढाए र उतै बसे । उनै, सुरेश केही हप्ता अगाडि नेपाल आए र प्रेमिका निशा कार्कीसँग बिहे गरे ।

सुरेश लगायत अमेरिकामा रहेका चलचित्रकर्मीलाई ‘पलायन’ भन्ने शब्दले मन दुख्ने गरेको छ । कसैले ‘पलायन’ भयो भनेर भन्दा अमेरिकामा रहेका चलचित्रकर्मीले तत्काल सामाजिक संजालबाट असन्तुष्टी जनाउने गरेका छन् ।

सुरेश व्याकरणि हिसाबले पनि यो गलत शब्द भएको बताउँछन् । उनले भने–‘पलायन हुनु भनेको कसैको अस्तित्व नै सकिनु हो । जस्तो डाइनोसरस विश्वबाट नै पलायन भएको भन्न मिल्छ । तर, कलाकारले त केही समय अमेरिका बसेर पनि नेपालमा आएर फेरि काम गरेका छन् । सरोज खनाल, करिश्मा मानन्धर, रमेश उप्रेती लगायतका कलाकारलाई हेर्न सकिन्छ । भासियो भन्ने शब्दलाई बरु म मान्न सक्छु । तर, पलायन भन्ने शब्दले त मन दुख्ने रहेछ ।’

चलचित्र निर्देशनमा सफलता हात पारिररहेका सुरेश चलचित्र विकास बोर्डको सदस्य पनि भएको समयमा अमेरिका पुगेका हुन् । किन अमेरिका जानै पर्ने अवस्था आयो त भन्ने प्रश्नमा उनले भने–‘हामी यस्तो कालखण्डमा जन्मियौं कि जतिबेला नेपालमा आशा भन्ने कुरा नै थिएन । १० बर्ष लामो जनयुद्धको बेलामा भोगेका दुःख, संविधान जारी गर्ने समयमा करिब ९ बर्ष देखिएको किचलो, लोडसेडिङ, बन्द, हड्ताल, चक्का जामको समय हामीले भोग्यौ । एउटा यूवा जसले जीवनमा संसार जित्छु भन्ने जोश बोकेर हिडेको हुन्छ, सो समयमा नेपालमा आशा भन्ने नै केही थिएन । मैले पनि खब समय खेरा जाँदैछ भन्ने सोचेपछि यो निर्णय लिएको हुँ । तर, यस्तो समयमा पनि नेपालमै रहनुभएका साथीहरुलाई म सलाम गर्न चाहन्छु ।’

चलचित्र ‘निशाना, थ्रि लभर्स, मिस यू’ लगायतका चलचित्र निर्देशन गरेका सुरेशले आउँदो बर्ष नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment