Comments Add Comment

जाडोमा नाकमा तेल हाल्नु फाइदाजनक हुनसक्छ

नाक बन्द हुँदा होस् या चिसोका कारण हुने रुघाखोकी लाग्दा नै किन नहोस् । नाकमा तेल हाल्न नै बुढाबुढीहरुलेसल्लाह दिन्छन् । उनीहरुको सल्लाहलाई कतिपयले वास्ता नगर्ने समेत गर्छन् । तर यो आफैँमा प्रभावकारी र उपयोगी सल्लाह हो ।

विभिन्न चिकित्सकीय अध्ययनले पनि नाकमा तेल राख्नुको फाइदाहरुको बारेमा उल्लेख गर्ने गरेका छन् । यसको प्रयोगले तपाईंको नाकमा देखिने समस्यालाई मात्रै कम गरिँदैन । यसले शारीरिक समस्या समाधानमा पनि काम गर्ने गर्छ । चिकित्सकहरुका अनुसार नाकमा तेल राख्दा मौसमी रोगहरूबाट निको हुन सकिन्छ । नाकमा तेल राख्दा संक्रमणको जोखिम कम गर्न पनि सकिन्छ । यसले तपाईंलाई घाँटी र फोक्सोको संक्रमण कम गर्न मद्दत गर्छ ।

नाकमा सस्र्युंको तेल राख्नुका फाइदाहरू

सस्र्युंको तेल प्रायः घरहरूमा प्रयोग गरिन्छ । सस्र्युंको तेलबाट धेरै आयुर्वेदिक औषधिहरू बनाउने गरिन्छ । सस्र्युंको तेल हाम्रो स्वादका साथै स्वास्थ्यको लागि पनि धेरै उपयुक्त मानिन्छ । धेरैको नाक अवरुद्ध हुँदा नाकमा सस्र्युंको तेल राख्न सल्लाह दिन्छन् । यस्तो तेलमा धेरै एन्टिब्याक्टेरिया, एन्टिफंगल र एन्टिन्फ्लेमेटरी गुणहरू हुन्छन् । सस्र्युंको तेल नाकमा राख्दा तपाईंलाई धेरै फाइदा हुन्छ । यसमा उपस्थित एन्टिइन्फ्लेमेटरी गुणहरूले तपाईंलाई जलनको समस्याबाट राहत दिन मद्दत गर्छ ।

मौसमी स्वास्थ्य समस्याहरु जस्तै, चिसो, खोकी, हाच्छ्युँ, श्वासप्रश्वासमा समस्या आदि कारणलाई कम गर्न पनि सस्र्युँको तेलले सहयोग पु¥याउँछन् । दिनको तीनचोटि नाकमा सस्र्येंको तेलको केही थोपा पानी राख्नुले तपाईंको समस्या समाधान गर्दछ । यो मात्र होइन, यसले सुख्खा र नाक चिलाउने समस्यालाई समेत समाधान गर्नेगर्छ ।

नाकमा बदामको तेल राख्नुका फाइदा

बदाम मात्र होइन, बदामको तेल पनि हाम्रो शरीर र स्वास्थ्यको लागि लाभदायक मानिन्छ । छालाको संक्रमणको समाधानको लागि पनि यो प्रभावकारी रहेको बताइन्छ । बदामको तेलले छालाको जलन र चिलाउने समस्यालाई राहत प्रदान गर्छ । तपाईंको नाकमा बदामको तेल राख्दा तपाईंलाई थुप्रै फाइदा हुन्छ । विज्ञहरू विश्वास गर्छन् कि रातको समयमा नियमित रूपमा निदाउनेबेला बदामको तेल नाकमा राख्दा कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यति मात्र होइन, नाकमा बदामको तेल लगाउँदा तपाईंको स्मरणशक्तिमा सुधार हुन्छ र टाउको दुख्ने समस्याबाट पनि राहत मिल्छ ।

नाकमा गाईको घिउ राख्दाका फाइदाहरू

गाईको घिउको आयुर्वेदमा विशेष महत्व रहेको छ । चिसोको मौसम भएका बच्चाहरूलाई गाईको घिउ खुवाउन सल्लाह दिने गरिन्छ । यदि तपाईंले आफ्नो नाकमा नियमित रूपमा गाईको घिउ राख्नु भयो भने संक्रमणको जोखिमबाट बच्न सकिन्छ भन्ने मान्यता छ । आयुर्वेद विज्ञहरू गाईको घिउ नाकमा राख्दा रोग प्रतिरोध क्षमताको विकास हुन्छ भन्ने मान्यता राख्छन् । साथै, यो विज्ञान र अन्य नाकसम्बन्धी समस्याहरूमा बच्न सकिन्छ ।

नाकमा नरिवलको तेल राख्नुका फाइदा

अधिकांश मानिसहरूले जाडोमा आफ्नो छाला नरम राख्न नरिवलको तेल प्रयोग गर्छन् । तपाईंको शरीरमा नरिवलको तेल प्रयोग गर्नाले तपाईंको छाला फ्ट्न सक्छ । यो पनि धेरै कोमल हुन्छ । नाकमा नरिवल तेल राख्दा धेरै फाइदा हुने गर्छ ।

परिवर्तित मौसममा नाकमा चिसो लाग्ने सम्भावना हुन्छ । यदि तपाईंले केही थोपा नरिवलको तेल नाकमा राख्नुभयो भने यसले बन्द नाक खोल्न मद्धत गर्छ ।

नाकमा तिलको तेल हाल्नुको फाइदा

तिलको तेलमा धेरै औषधीय गुणहरू हुन्छन् । तिलको तेल आयुर्वेदमा लामो समयदेखि प्रयोग हुँदै आएको औषधि हो । योसँग जीवाणुरोधी गुणहरू हुन्छ, जसले तपाईंलाई छालामा समस्या समाधान गर्न मद्दत गर्छ । यसले छालामा देखिएको समस्या समाधान पनि हुन्छ ।

नाकमा तिलको तेल प्रयोग गर्नाले कपाल झर्ने र सुख्खा हुने समस्या कम हुन्छ । दाँतमा तिलको तेल हाल्दा दाँत दुख्ने समस्या समाधान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment