![](https://www.onlinekhabar.com/wp-content/uploads/2020/07/Corona-test-1-1024x683.jpg)
२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4