Comments Add Comment

टी-२० महिला क्रिकेटमा सिराहाको लगातार तेस्रो जित

२ पुस, सप्तरी । राजविराजमा सञ्चालित प्रदेश २ स्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा सिराहाले लगातार तेस्रो जित हात पारेको छ । तेस्रो जित हात पार्ने क्रममा सिराहाले बारालाई ९ विकेटले पराजित गरेको छ ।

बाराले दिएको ८५ रनको झिनो लक्ष्य सिराहाले १० ओभर ५ बलमा मात्र १ विकेटको नोक्सानीमा प्राप्त गर्यो । सिराहाका लागि अनुराधा चौधरीले २७ बलमा ६ चौकाको मद्दतले ३८ रन बनाइन भने उर्मिला चौधरीले २६ रनको योगदान दिइन् ।

यसअघि स्थानीय राज रंगशालामा टस जितेर पहिले व्याटिङ गरेको बाराले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाई ८४ रन बनायो । उसका लागि साना प्रविणले अविजित ३३ रन बनाइन् भने चाँदनी अधिकारीले १५ रन बनाइन् । बलिङतर्फ सिराहाकी सरस्वती चौधरीले २ तथा सन्तोषी चौधरी र कविता गौतमले १/१ बिकेट लिइन् ।

सप्तरीको लगातार दोस्रो हार

बिहीबारै सम्पन्न अर्को खेलमा सर्लाही टिम विजयी भएको छ । उसले सप्तरीलाई ६९ रनले हरायो ।

टस जितेर पहिले व्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन बनायो । उसका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौकाको मद्दतले अविजित ७८ रन बनाइन् । श्रेया थापाले १९ रनमा अविजित रहिन् ।

बलिङतर्फ सप्तरीका नविता चौधरीले ३ र सीता चौधरीले १ विकेट हात पारिन् ।

२ सय १६ रनको विशाल लक्ष्य लिएर व्याटिङ्ग गर्न मैदानमा आएको सप्तरी टिम १६ ओभरमा ९ विकेट गुमाई १ सय ४६ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment