Comments Add Comment

माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वाषिर्क साधारण सभा बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बाषिर्क प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १०.४प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट माछापुच्छ्रे बैंक सर्वसाधारण सेयर धनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले २२ औँ साधारणसभा समाप्त गरेसंगै आफ्ना सेयर धनि महानुभावहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ सञ्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment