Comments Add Comment

तीन महिनामा ४५ म्यानपावरको कारोबार रोक्का

२ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन महिनामा ६० वटा म्यानपावर कम्पनी छड्के अनुगमन गरेको छ । त्यसमध्ये ४५ वटा ४५ कम्पनीले अवैध रुपमा काम गरेको भेटिएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दहालका अनुसार ती सबै कम्पनीको कारोबार रोक्का गरेर कारवाही गरिएको छ । उनले अनुगमनका नाममा दरुत्साहन गर्न नखोजिएको भन्दै उजुरी आएका ठाउँमा पीडितलाई न्याय दिने उद्देश्यसहित अनुगमन बढाइएको दाहालले बताए ।

श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको स्वच्छ वैदेशिक रोजगारीबारेको भर्चुअल कार्यक्रममा महानिर्देशक दहालले व्यवसायिक वातावरण बिगार्ने नभई उजुरीका आधारमा अनुगमन गरिएको स्पष्ट गरे ।

उनले खाडी देशमै श्रमिक पठाउन ७ लाखसम्म असुल्ने गरिएको पाइएको भन्दै संस्थागतभन्दा ढी व्यक्तिगत ठगी मौलाएको बताए ।

तलब राम्रो हुने, कोटा सीमित भएको र सम्पर्कमा आएको व्यक्ति नगए अर्को जाने प्रलोभन र दबाव बनाएर ठग्ने गरिएको उनले बताए ।

श्रमिक पनि आफ्नो योग्यता, कामको प्रकृति, तलब, सेवा सुविधा लगायतका विषयमा सेचत नभएकाले समस्या आएको महानिर्देशक दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment