Comments Add Comment

मेसेन्जर र इन्स्टाग्रामका विभिन्न फिचर निस्क्रिय पार्दै फेसबुक

सोसल मिडिया कम्पनी फेसबुकले युरोपमा आफ्नो मेसेन्जर तथा इन्स्टाग्राम एपका विभिन्न फिचरहरु निस्क्रिय बनाउँदैछ ।

युरोपेली मुलुकहरुको गोपनीयता कानुनसँग तादम्यता मिलाउने गरी फेसबुकले मेसेन्जर र इन्स्टाग्रामका कतिपय फिचर युरोपेली प्रयोगकर्ताका लागि उपलब्ध नगराउने भएको हो ।

युरोपेली युनियनको विद्युतीय गोपनीयता सम्बन्धी नयाँ कानून eprivacy निर्देशिका आगामी डिसेम्बर २१ देखि लागू हुने भएको हुँदा फेसबुकले यस्तो निर्णय गरेको हो ।

नयाँ कानूनको परिपालनाका लागि तत्काललाई मेसेन्जर र इन्स्टाग्रामका विभिन्न अन्तरक्रियात्मक फिचरहरु निस्क्रिय बनाएर केवल मुख्य मेसेजिङ सर्भिस मात्र कायम राखिनेछ । कानुनसँग तादम्यता मिल्ने गरी प्राविधिक सुधारपछि मात्रै ती फिचरहरुलाई पुनर्स्थापित गरिने बताइएको छ ।

युरोपेली मुलुकहरुमा फेसबुकले निस्क्रिय बनाउने मेसेन्जरका फिचरहरुमध्ये ग्रुप च्याट पुल्स पनि एक हो ।

साथै मेसेन्जरमा साथीहरुका लागि निकनेम राख्न पाउने फिचर पनि निस्क्रिय बनाइनेछ । त्यस्तै इन्स्टाग्राममा रहेको डाइरेक्ट मेसेजद्वारा अग्मेन्टेड रियालिटी फेस फिल्टर शेयर गर्न सकिने फिचर पनि निस्तेज हुनेछ ।

यद्यपि फेसबुकले ठ्याक्कै कुन कुन फिचरहरु निस्क्रिय हुनेछन् भन्ने सूची सार्वजनिक गरेको छैन । नियमसँग नबाझिने कुरामा विश्वस्त भएमा ती फिचरहरु तत्कालै सूचारु गरिने हुँदा त्यस्तो सूची नबनाइएको फेसबुकको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment