+
+

यो बर्ष काइलीले कमाइन् ५९० मिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ३ गते १३:१६

विश्वका धनाढ्यहरुको आम्दानी सार्वजनिक गर्दै आएको चर्चित म्यागेजिन फोब्र्सले सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको नाम सार्वजनिक गरेको छ । जसमा, मोडल तथा व्यापारी काइली जेनर पहिलो नम्बरमा छिन् । उनले यो बर्ष ५९० मिलियन डलर कमाई गरेको फोब्र्सले उल्लेख गरेको छ ।

जेनरले जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेकी थिइन् । काइलीले लामो समयदेखि आफ्नो व्यवसायको बिषयमा अतिरञ्जित कुरा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले शेयर विक्री गरेपछि उनको कम्पनीको वास्तविक मुल्य सार्वजनिक भएको थियो ।

यस्तै, व्यापारी तथा ¥यापर कान्ये वेष्ट १७० मिलियन डलर कमाई गर्दै यो सूचीको दोश्रो स्थानमा छन् । उनले गीतसंगीतको साथै विश्वकै चर्चित ब्रान्ड एडिडाससँगको सहकार्यमा यो रकम कमाएको फोब्र्सले उल्लेख गरेको छ ।

सर्वाधिक कमाउने सेलिब्रिटीको टप १०० को सूचीमा बलिउड नायक अक्षय कुमार मात्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?