
३ पुस, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दोषी ठहर भएका एकजना व्यक्ति पक्राउ परेका छन् ।
गोरखाको साविकको ताकु गाविस-२ घर भई हाल ललितपुर वस्दै बएका ५५ वर्षीय गोपालबहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले २०७६ साल मंसिर ११ गते थापालाई एक वर्ष कैद र ३६ लाख जरिवाना ठहर गर्दै फेसला गरेको थियो । त्यसयता फरार रहेका थापालाई बिहीबार काठमाडौं महानगरपालिका -४ धुम्बाराहीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
थापालाई बेरुजी रहेको फैसला कार्यान्वयनका लागि शुक्रबार जिल्ला अदालत काठमाडौं पेस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4