
३ पुस, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान आगलागीमा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज-१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।
नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4