+

पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त

२०७७ पुष  ३ गते २३:२६ २०७७ पुष ३ गते २३:२६
पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त

नेपाली अलराउण्डर पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् । टी१० लिग क्लब टीम अबुधाबीले अलराउण्डर पारसलाई नयाँ सिजनको लागि मेन्टर नियुक्त गरेको हो ।

अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ

गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।

पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय