Comments Add Comment

कहिलेदेखि खुल्छ लाइसेन्सको लिखित परीक्षा र ट्रायल ?

४ पुस, काठमाडौं । सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल नौ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।

नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ । तर सवारी लाइसेन्स कहिलेबाट खुल्छ भन्ने एकन नभएको यातायात व्यवस्था विभागले बताएको छ ।

विभागका माहनिर्देशक गोगनबहादुर हमाल सवारी लाइसेन्स परीक्षा खुलाउन आग्रह आउन थालेको बताए । अहिलेसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र प्रदेश २ ले लाइसेन्सको परीक्षा र ट्रायल खुला गर्न प्रणालीमा पहुँच माग्दै पत्राचार गरेको भन्दै उनले भने, ‘हामी अरु प्रदेशको पनि पत्र कुरिरहेका छौं । बागमती प्रदेशबाट पनि एक-दुई दिनभित्रै पत्र प्राप्त हुने जानकारीमा आएको छ ।’

हमालका अनुसार सबै प्रदशेबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराइनेछ । त्यसपछि मन्त्रालयले दिने निर्देशन अनुसार जनस्वास्थ्य मापदण्डलाई ध्यान दिँदै लाइसेन्सको परीक्षा खुला गर्ने निर्णय हुनेछ ।

नयाँ लाइसेन्स र वर्ग थप्ने प्रक्रिया खुला नगरेपनि नवीकरणको काम भने गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment