Comments Add Comment

कम्युनिस्ट र कांग्रेसका कारण गणतन्त्र र संघीयता खतरामा : यादव

४ पुस, बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट र कांग्रेसका कारण गणतन्त्र र संघीयतामाथि खतरा उत्पन्न भएको बताएका छन् ।

विगतमा पनि कांग्रेस र कम्युनिष्टको कलहले तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कू’ गरेर २०१७ साल निम्त्याएको स्मरण गर्दै उनले अहिले पनि त्यसको पुनरावृत्ति हुनसक्ने बताए । शनिबार रुपन्देहीको लुम्बिनीमा पार्टीको युवा भेलालाई सम्बोधन गर्दै यादवले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी कांग्रेसको असफलता र भ्रष्टाचारमा मिलेमतोका कारण राजावादी शक्तिहरुले संघीयताबिरुद्ध जनतालाई भ्रम सिर्जना गर्न थालेको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई जोगाउँदै समानता, पहिचान, स्वाधीन अर्थतन्त्र र न्यायपूर्ण समाजको स्थापनाका लागि अझै संर्घष गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment