Comments Add Comment

स्टर्लिङको एकमात्र गोलमा सिटी विजयी

५ पुस, काठमाडौं । रहिम स्टर्लिङको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा साउथह्याम्पटनमाथि जित हात पारेको छ । शनिवार भएको खेलमा सिटीले साउथह्याम्पटनलाई उसैको मैदानमा १-०  ले पराजित गरेको हो ।

सिटीका लागि स्टर्लिङले खेलको १६औं मिनेटमै गोल गरेका थिए । त्यसपछि गोल नहुँदा सिटीले ३ अंक जोड्यो ।

जितपछि १३ खेलबाट २३ अंक जोडेको सिटी अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ । एक खेल बढी खेलेको साउथह्याम्पटन भने २४ अंकसहित चौथो स्थानमै यथावत छ ।

साउथह्याम्पटन विजयी भएको भए दोस्रो स्थानमा पुग्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment