Comments Add Comment

आकाश र समिक्षाको ‘मैले रुँदा’

गायिका अञ्जु पन्तको स्वरमा समावेश ‘मैले रुँदा रुँदा आँसु पुछ्थ्यौं’ बोलको गीत सार्वजनिक भएको छ । हिराकाजी थापाको शब्दमा समावेश गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ ।

यो गीतको भिडियोमा आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला लगायतका कलाकारको अभिनय छ । आफ्नी प्रेमिकाले धोका दिदा प्रेमीको जीवनमा आइपर्ने घटनाक्रमलाई यो भिडियोमा प्रस्तुत गरिएको छ ।

गौरव गिरीको कोरियोग्राफी रहेको भिडियोमा उत्तम हुमागाँइको छायांकन, अनिल रानाको सम्पादन छ । भिडियोलाई हिराकाजीले नै निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment