Comments Add Comment

प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे : कोइराला

५ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । पार्टी भित्रको आन्तरिक विवादका कारण संसद विघटनको सिफारिस गरेर ओलीले संवैधानिक ‘कू’ गरेको उनको भनाइ थियो ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीले सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई रोक्नुपर्ने बताए । ओलीले सिफारिस गरेपनि राष्ट्रपतिले संस्थाको गरिमालाई राखेर रबर स्ट्याम बन्न नमिल्ने बताए ।

ओलीले अधिनायकबाट लागू गरेको बताउँदै कोइरालाले कांग्रेसले सशक्त विरोध गर्ने बताए । ‘पार्टीभित्रको द्वन्द्वमा उहाँले संविधानलाई अट्याक गर्नुभयो ,’ उनले भने, ‘हुँदै नभएको प्रावधानलाई टेकेर संसद विघटन गर्नु घोर असंवैधानिक कदम हो, संवैधानिक ‘कू’ नै गर्नुभयो ।’

संसद विघटनपछि ६ महिनामा निर्वाचनमा जानुपर्ने संवैधानिक व्यवस्था भएको बताउँदै उनले नेपाली कांग्रेस निर्वाचनसँग नडराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment