Comments Add Comment

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

५ पुस, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

साथै प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट वा पाँच हजारभन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

सन् २००७ जूनमा लक्ष्मी बैंकका साथै विभिन्न प्रतिस्थित व्यवसायिक समूहहरुद्वारा स्थापना गरिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भइसकेको छ । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment