Comments Add Comment

विशेषाधिकार प्रयोग गर्नेबारे सभामुख विज्ञहरुसँग छलफलमा

५ पुस, काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरूसँग छलफलमा जुटेका छन् ।

सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरू, संविधानका विज्ञ र सांसदहरूसँग छलफल गर्दैछन् । ‘संसदमा रहेका दलहरू र बहुमत सांसदहरू संविधानको धारा १०३ प्रयोग गरौं भन्दै आए भने के गर्ने भनेर सभामुख विज्ञहरूसँग छलफलमा हुनुहुन्छ’, सचिवालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ ।‘यस संविधानको अधीनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ ।

सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ? भन्ने जस्ता विषयलाई सभामुखले विशेष चासो राखेर संविधानविद्, कानुनविद्हरूसँग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment