Comments Add Comment

अनमोलको फिल्ममा बुद्ध गायक, केविका कोरियोग्राफर

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा फस्ट रनरअप बन्न सफल स्टार प्रतिस्पर्धी वुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केविका खत्रीले नायक भूवन केसीले निर्माण गर्ने नयाँ चलचित्रमा अवसर पाउने भएका छन् ।

भूवन केसीको ‘दि सुपर काजोल फिल्मस्’बाट बन्ने नयाँ चलचित्रमा बुद्धले एउटा गीतमा आफ्नो स्वर भर्नेछन् । यस्तै, कोरियोग्राफर केविका खत्रीले एउटा गीतको भिडियोलाई कोरियोग्राफी गर्नेछन् ।

शनिबार प्रशारण भएको शोको फाइनलमा आयोजकले भूवन केसीको यो प्रस्ताव सार्वजनिक गरेका थिए । भूवनको यो प्रस्तावमा बुद्ध र केविका उत्साहित देखिए । उनीहरुले टाइटल जित्न नसकेपनि दर्शकको मन जितेको र अवसरका नयाँ ढोकाहरु खुलेको बताए ।

यस्तै, निर्माता भूवन केसीले नयाँ प्रतिभालाई अवसर दिन आफूले यो घोषणा गरेको बताए । उनले भने–‘विश्वचर्चित रियालिटी शो नेपालमै आयोजना हुनु खुशीको कुरा हो । यस्ता शोबाट आउने प्रतिभाहरुलाई हामीले अवसर दिनुपर्छ । हामीले अवसर दिदा यस्ता शोहरुबाट अवसरका ढोका खुल्छन् भन्ने सन्देश पनि जान्छ ।’

भूवनले चलचित्र ‘पारस वा एन्टी हिरो’ मध्ये कुन चलचित्र पहिला छायांकनमा जान्छ भन्ने टुंगो नभैसकेको बताए । तर, जुन चलचित्र पहिला छायांकनमा गएपनि बुद्ध र केविकाले अवसर पाउने उनको तर्क छ ।

चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘एन्टी हिरो’का लागि नायिकामा जसिता गुरुङ फाइनल भैसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment