Comments Add Comment

अख्तियार प्रमुखमा प्रेमकुमार राई, संसद भंग भएपछि पुग्यो पत्र

५ पुस, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवालको नाम सिफारिस गरेको हो ।

राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।

यस्तै निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् ।

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन् । राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरूमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् ।

राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस भएका छन् । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान सिफारिस भएका छन् ।

आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई सदस्यमा सिफारिस भएका छन् ।

मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता, थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी तथा मुस्लिम आयोगमा महमुद्दीम अलि र मिर्जाअर्सद बेग सिफारिस भएका छन् ।

यो पनि पढ्नुहोस समावेशी आयोगमा सिफारिस भएका तिमल्सिनाद्वारा पद अस्वीकार यो पनि पढ्नुहोस दलित आयोगमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment