+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओली ग्याङ्गको सदस्य मात्र : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १९:५६

५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद भएको बताएका छन् । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताए । उनले भने, ‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ ।’

प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उनले बताए । केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको भन्दै सांसद थापाले भनेका छन्, ‘यसैगरी संसद विघटन गर्ने अवस्था नआओस्, यस्तो सन्काह बहुलठ्ठी प्रधानमन्त्रीले कुनै दिन संसद विघटन गर्ला भनेर जोगाउने धारा लेखेका छौं ।’

संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनले बताए । यति स्पष्टसँग लेख्दालेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उनले अघि भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?