
५ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जुलस निकालेको हो ।
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको संयोजनमा प्रदर्शन निकालिएको भनिएको छ । जुलुसपछि सम्बोधन गर्दै मानन्धरले भनेका छन्, ‘प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक र गैरराजनीतिक छ, यो निर्णय सच्याइनुपर्छ ।’
प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । लगत्तै भण्डारीले प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै मध्यावधिक निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4