Comments Add Comment

टोटनहमलाई हराउँदै लेस्टर दोस्रो स्थानमा

६ पुस, काठमाडौं । टोटनहम हट्सपरलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । पेनाल्टी गोल र आत्मघाती गोल मद्दतमा लेस्टरले टोटनहमलाई २-० ले पराजित गरेको हो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।

टोटनहमका सर्जि अउरिरले वेस्ले फोफानालाई फाउल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो । पछि भिएरआर रेफ्रीले पनि पेनाल्टी नै मान्यता दिएपछि भार्डीले गोल गरेका थिए ।

४८औं मिनेटमा जेम्स म्याडिसनले लेस्टरका लागि गोल गरेका थिए तर भिएआरले मान्यता दिएन । ५९औं मिनेटमा टोटनहमका टोबी एल्डरवेयरल्ड्ले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता दोब्बर पारेको थियो ।

भार्डी एकै टिमको तीन स्टेडियममा गोल गर्ने प्रिमियर लिगकै पहिलो खेलाडी बनेका छन् । उनले टोटनहमको ह्वाइट हार्ट लेन वेम्ली र वर्तमान टोटनहम हस्टपर स्टेडियममा गोल गरेका हुन् ।

जितपछि १४ खेलबाट २७ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लगातार दोस्रो हारपछि टोटनहम चौथो स्थानमा झरेको छ । टोटनहमको समान खेलबाट २५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment