Comments Add Comment

पीएम कप क्रिकेट : महिलाको प्रतियोगिता भएपछि मात्रै पुरुषको हुने

फाइल फोटो / गत वर्षको विजेता नेपाल पुलिस टिम

६ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो साता प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष र महिला प्रतियोगिता यही पुस ११ गतेदेखि गर्ने तयारीका साथ जिल्ला र प्रदेश क्रिकेट संघलाई छनोट प्रतियोगिता गर्न पत्राचार गरेको थियो । आधिकारिक रुपमा मिति नतोकिए पनि प्रतियोता गर्न क्यानले आन्तरिक रुपमा तयारीसमेत गरेको थियो ।

अहिले धमाधम जिल्ला र प्रदेश स्तरको छनोट प्रतियोगिताहरु भइरहेको छ । लुम्बिनी प्रदेशले आफ्नो महिला टिम नै तयार पारिसकेको छ । प्रदेश २ को महिला प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

महिलाको राष्ट्रिय प्रतियोगिता यही पुरुष ११ गतेदेखि नै गर्ने क्यानको तयारी छ । तर पुरुष प्रतियोगिता भने त्यो मितिमा नहुने लगभग पक्का छ । महिलाको प्रतियोगितामा दाङमा हुनेछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पुरुषको प्रतियोगिता केही पछि हुने जानकारी दिए । ‘पहिला महिलाको पीएम कप हुन्छ । महिलाको २१ गतेतिर सकिन्छ । अनि पुरुषको प्रतियोगिता आयोजना गर्नेछौँ,’ चन्दले अनलाइनखबरसँग भने ।

चन्दले प्राविधिक कारणले पुरुषको प्रतियोगिता केही पछि हुन लागेको बताए । चन्दले प्राविधिक कारण भन्दै बजेट र प्रायोजकप्रति इंगित गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपको आर्थिक सहयोगमा पीएम कप राष्ट्रिय प्रतियोगिता हुँदै आएको थियो । यस पटक राखेपबाट तत्काल बजेट प्राप्त नहुने र बिना बजेट प्रतियोगिता आयोजना गर्नुपर्ने हुँदा क्यानले पुरुषको प्रतियोगिता करिब दुई साता जति सार्न लागेको हो । अध्यक्ष चन्दका अनुसार पुरुष अन्तिम सातादेखि पुरुषको पीएम कप आयोजना हुनेछ ।

पुरुषको पीएमकप काठमाडौंमा हुने तयारी छ । जहाँ सात प्रदेश र तीन विभागसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

क्यान निलम्बनमा हुँदा राखेपले पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरुआत गरेको थियो । पहिलो संस्करणमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसले उपाधि बाँडेका थिए । दोस्रो संस्करण एपीएफ र तेस्रो संस्करण नेपाल पुलिसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment