६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले प्रतिनिधि सभा विघटनबारे कानुन व्यवसायीहरूसँग परामर्श थालेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले संविधानविद् तथा कानुन व्यवसायीहरूलाई बोलाएर राय लिन लागेका हुन् ।
नेताहरूले संसद विघटनलाई असंवैधानिक भनेका छन् र प्रतिरोध गर्ने बताएका छन् ।