Comments Add Comment

‘फुलबुट्टे सारी’ चलेपछि मलिकालाई प्रश्न–फिल्मबाट नपाएको सफलता भिडियोबाट पाउनुभएको हो ?

चलचित्र ‘यात्रा’बाट नायिका मलिका महत्तले रंगिन दुनियाँमा पाइला राखिन् । यो चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन । तर, मलिकाको कामलाई भने दर्शकले रुचाए । तर, पनि ठूलो संख्यामा दर्शकले नहेरेपछि मलिकाको चर्चा जती हुनुपर्ने हो, सो अनुसार भएन । मलिकाले यो चलचित्र पछि खगेन्द्र लामिछानेसँग नयाँ चलचित्र ‘पानी फोटो’मा काम गरिरहेकी छिन् ।

लकडाउनका कारण चलचित्रको प्रदर्शन मिति पनि तय हुन सकेको छैन । चलचित्र बजार सुस्ताएको समयमा भिडियो बजार आकाशियो । दैनिक आधा दर्जन भिडियोको निर्माण भएपनि निकै थोरै गीत मात्र दर्शकको मन जित्न सफल भए । यही विचमा, गायिका मिलन नेवारको स्वरमा ‘फुलबुट्टे सारी’ बोलको गीत सार्वजनिक भयो । यो गीत सार्वजनिक भएको छोटो समयमा नै हिट भयो । गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले काम गरेका छन् । मलिकालाई अहिले भिडियोको अफर थुप्रै आउन थालेको छ ।

चलचित्रबाट नपाएको सफलता एउटा भिडियोबाट पाउनुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा मलिका भन्छिन्–‘सफलतालाई कुन तरिकाले हेर्ने भन्ने हुन्छ । यसले दर्शकको माया पाएको छ । तर, मैले चलचित्रबाट पनि छुट्टै खालको सफलता पाएकी थिएँ । चलचित्रमा काम गरेपछि मैले धेरै कुरा वुझेँ । चलचित्रबाट बढी सफलता गीतको भिडियोबाट पाएँ भनेर म भन्न चाहन्न । तर, दर्शकले मलाई यो भिडियोमा रुचाउनुभयो । ठूलो संख्यामा दर्शकले मलाई चिन्नुभएको छ ।’

यो गीत चलेपछि मलिकालाई भिडियोको अफर निरन्तर आइरहेको छ । तर, मलिका भने राम्रो अडियो आएको खण्डमा मात्र काम गर्ने योजनामा छिन् । उनले, गीतको अफर प्रशस्तै आएपनि आफूले कुनै पनि भिडियोमा काम गर्ने पक्का नगरेको बताइन् ।

मलिकाका अनुसार, उनलाई चलचित्रको अफर भने आएको छैन । लकडाउनपछि केही चलचित्रको अफर आएपनि यो गीत हिट भएपछि चलचित्र भन्दा भिडियोबाट नै बढी अफर आएको उनको भनाई छ ।

मलिकाले यो भिडियोमा चञ्चले यूवतीको भूमिका निर्वाह गरेकी छिन् । उन वास्तविक जीवनमा भने रिजर्भ शैलीकी छिन् । चाडै घुलमिल नहुने, रिजर्भ बस्ने बानी भएकी मलिकाको नयाँ शैलीको अभिनयले दर्शकको मन जितेको छ । मलिका पनि दर्शकले आफ्नो नदेखेको भूमिका यो भिडियोमा हेर्न पाएकाले मन पराउनुभएको बताउँछिन् । मलिका आफ्नो स्वभाव भने ‘यात्रा’ चलचित्रमा आफूले निर्वाह गरेको भूमिका जस्तो रहेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment