+
+
Shares

संसद विघटनविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ पुष ६ गते १३:५३

६ पुस, काठमाडौं । संसद विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पनि पुगेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?