+
+
Shares

वाणिज्य बैंकबाट सुन धितो राखेर कर्जा लिएकाहरूले गरे प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वर शाखाबाट सुन चोरी भएपछि राहत नपाएको भन्दै ऋणीहरूले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।
  • आन्दोलनका क्रममा बैंकको बानेश्वर शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड रुपैयाँ नगद लुटिएको थियो ।
  • प्रदर्शनकारीहरूले बैंकभित्र छिर्न खोज्दा प्रहरीले रोकेको थियो भने उनीहरूले धितो बराबरकै सुन फिर्ता माग गरेका छन् ।

८ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरूले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो । ऋणको धितोका रूपमा राखिएको उक्त सुन हराएपछि क्षतिपूर्ति वा राहत दिनको साटो बैंक व्यवस्थापन पन्छिन खोजेको भन्दै आन्दोलन गर्नुपरेको सुन धितोकर्ता सरस्वती बस्नेतले बताए ।

सुन धितो राखेर कर्जा लिएकाहरूले कुल तौल बराबरको सुना फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शन गर्दै बैंक भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रदर्शनकारीहरूले सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो की के हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?