News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
- झाले भनेका छन्, "म महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ । परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ ।"
८ असार, काठमाडौं । रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको बताएका हुन् ।
साथै, परिणाम जेसुकै आए पनि आफू महामन्त्री भिड्ने पनि उनले बताए ।
‘म महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ । परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ,’ झाले भनेका छन् ।
आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने विषयमा मिडियामा आएका चर्चाहरूमा आफ्नो स्वीकारोक्ति रहेको उनको भनाइ थियो ।
‘जसरी मिडियामा चर्चा आएको छ त्यो स्वीकारोक्तिका साथ आएको छ । जुन दाबी र अपेक्षा छ त्यसलाई स्वभाविक रुपमा लिन सकिन्छ,’ झाले भने ।
उनले आफूलाई यो देशको प्रधानमन्त्री वा पार्टीको सभापति हुन्छु भन्ने अपेक्षा नरहेको पनि सुनाए ।
‘यो देशको प्रधानमन्त्री नै हुन्छु, पार्टीको सभापति नै हुन्छु भन्ने मेरो कहिलेपनि अपेक्षा छैन । तर अहिलेसम्म जुन तहसम्मको नेतृत्व लिएर आएँ, त्यो भन्दा अगाडि बढ्छु भन्ने अपेक्षा हुन्छ नै,’ झाले भनेका छन् ।
प्रतिक्रिया 4