
६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री समेत रहेका पार्टी केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धी निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सोमबार आयोग पुगेर कारबाही सम्बन्धी पत्र दर्ता गरेका हुन् । ‘पार्टी स्थायी कमिटीको हिजोको निर्णय औपचारिक निर्वाचन आयोगलाई जानकारी गराएको छु’ पोखरेलले अनलाइनखबरसँग भने ।
नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा विघटन र असंवैधानिक अध्यादेश ल्याएर अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले भने एक नम्बर अध्यक्ष भएकाले आफूलाई कसैले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4