+
+
Shares

सेयर बजारमा नाटकीय उतार-चढाव, दोधारमा लगानीकर्ता !

रोयल आचार्य रोयल आचार्य
२०७७ पुष ६ गते १६:२७

६ पुस, काठमाडौं । देशको राजनीतिमा हलचल भएको दोस्रो दिन सेयर बजारमा नाटकीय उचारचढाव देखियो । दिनभर तीव्र उतार-चढाव देखिएर बजार अन्नतः ३०.३३ अंक बढेरै बन्द भएको छ ।

आइतबार मन्त्रिपरिषद्का् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । यो घटनापछि आइतबारको सेयर बजारमा ९६ अंकको पहिरो गयो ।

राजनीतिक सरगर्मी कायमै अवस्थामा सोमबारको सेयर बजारमा पनि निकै ठूलो असर पर्छ कि भन्ने आशंका धेरै लगानीकर्ता लाई थियो, तर परिदृश्य भने फरक देखियो ।

सोमबार विहान १ हजार ९ सय १९ अंकबाट सुरु भएको बजार १० मिनेट नबित्दै १ हजार ८ सय ७५ अंकमा झर्यो । त्यसपछि थोरै तलमाथि भइरहेको बजार ११ बजेर ४४ मिनेट गएपछि उकालो लाग्न सुरु भयो । १२ बजेर ८ मिनेट जादा त बजारले उच्च गति नै थियो । यतिबेलासम्म बजार घट्ने होइन्, उल्टै बढेर नेप्से परिसूचक १ हजार ९ सय ६५ दशमव ५५ अंकमा पुग्यो ।

त्यसपछि पनि बजारको तीव्र उतारचढाव रोकिएन । १२ बजेर ९मिनेट पछि पुनः ओरालो झर्ने क्रम सुरु भयो । १२ बजेर २३ मिनेटमा परिसूचक ठ्याक्कै १ हजार ९ मा झर्यो । त्यसको केही मिनेटमा फेरि उकालो लागेेको बजार १२ बजेर ४३ मिनेट जादा १ हजार ९ सय ३० अंकमा पुगेर त्यसपछि ओरालो लाग्न थाल्यो ।

त्यसपछि १ बज्न केही मिनेट बाँकी छँदा बजारले उकालो गति लियो । अन्ततः बजार ३० अंकले बढ्दै १९६५.९५ अंकमा पुगेर बन्द यो । यो नेप्समा १.५७ प्रतिशतको वृद्धि हो ।

‘लगानीकर्ता नै कन्फ्यूज’

सोमबारको बजारबारे लगानीकर्ता नै कन्फ्युज देखिएको सेयर विश्लेषक अनलराज भट्टराई बताउँछन् । लगानीकर्ताहरुमा द्विविधा देखिँदा बजारले एकै दिशा लिन नसकेको उनको बुझाइ छ । राजनीतिक घटना क्रमका कारण आइतबारको बजारमा भीषण पहिरो गएपनि सधै यस्तो भने नहुने उनी बताउँछन् ।

बजारले चाँडै सहि दिशा लिने उनको भनाइ छ । ‘लगानीकर्ताहरु नै द्विविधामा देखिदा बजारले सही दिशा लिन सकेन, घरि घट्न घरि बढ्ने क्रम देखियो’ उनले भने, ‘आइतबारको बजारमा असर देखिए पनि अब सँधै राजनीतिक कारणले बजारलाई ठूलो असर पर्दैन, ढुक्क भए हुन्छ ।’

आत्तिएर सस्तोमा सेयर बिक्री नगर्न उनको सुझाव पनि छ । ‘स्थिर सरकार बनेपछि बजार बढ्छ भनेको उल्टै १८ सय विन्दुमा रहेको नेप्से परिसूचकबाट १ हजारमा आएको थियो, पुँजीकरणमा पनि व्यापकै पहिरो आएको थियो’ भट्टराई भन्छन्, ‘अहिले बाहिर हल्ला गरे जस्तो हुँदैन, बरु लगानीकर्ताहरु सेयर बिक्री गर्न हडबडाउनु चाहिँ भएन ।’ अब बजार घट्ने भनेको आर्थिक कारणले भएको भट्टराईको तर्क छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?