+
+
Shares

बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित

प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यलयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १९:५५

२५ भदौ, काठमाडौं । जेनजीले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ ।

आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यलयमा क्षति पुगेको हो ।

प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यलयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् ।

बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको उनले बताए ।

त्यसैगरी केही स्थानका एटीएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको कोइरालाको भनाइ छ ।

उनका अनुसार हालसम्म कुनै पनि बैंकको कार्यलयबाट नगद लुट्ने खालको गतिविधि भएको छैन । कार्यालयका झ्यालढोका फुटाउने तथा फर्निच तोडफोड भने भएका छन् ।

मंगलबारको प्रदर्शनका कारण के कस्ता क्षति भयो भन्ने यकिन जानकारी नआइसकेको उनले बताए ।

‘बैंकका कार्यलयमा कर्मचारीहरू पनि नभएको र के कस्तो क्षति भएको छ भनेर अनुमान गर्न पनि सम्पर्क गरेर जनकारी लिने अवस्था नभएकाले क्षतिको विवरण आउन सकेको छैन,’ उनले भने ।

बैंकका कार्यलयमा भएको क्षतिका सन्दर्भमा बुधबार मात्रै संकलन सुरु गरेको उनको भनाइ छ । ‘हालसम्म नगद नै क्षति भएको भन्ने आएको छैन, तोडफोड भने भएको छन्,’ उनले भने ।

कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको उनले बताए । बैंकिङ क्षेत्रमा भएको क्षतिको विवरण खोज्ने काम सुरु भएको उनको भनाइ छ । दसौं हजार कर्मचारीलाई घरतिर पठाएकाले पनि विवरण संकलनमा केही जटिलता आएको उनले बताए ।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघले पनि मंगलबारको आन्दोलनको असरबारे बुधबार बिहान छलफल गरेको छ । डेभलपमेन्ट बैंकहरूमा पनि मंगलबारको आन्दोलनबाट खासै क्षति नभएको संघको निष्कर्ष छ ।

संघ कोषध्यक्ष कपिल ढकालका अनुसार क्षति भएको हुन सक्ने अनुमान गरिए पनि त्यसको विवरण के कस्तो छ भनेर छलफल गर्दा खासै नोक्सान नभएको जानकारी आएको बताए ।

आन्दोलकारीहरूको उद्देश्य बैंकहरूमै आक्रमण गर्ने नदेखिएकाले पनि क्षति नभएको उनको भनाइ छ । ‘अब यो गाउँपालिका अध्यक्ष, उपाध्यक्षको घरहरू भएको ठाउँमा घर जलाउँदा बैंक पर्ने छुट्टै भयो,’ ढकालले भने, ‘विकास बैंकहरूमा पनि सामान्य भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भएको छैन ।’

मंगलबारको प्रदर्शनमा सिंहदरबार सहित अधिकांस सरकारी कार्यलयमा तोडफोड र आगजनी भएको छ । त्यसका साथै केही उद्योग तथा व्यवसाय, उद्योगीका निवासमामा पनि आगजनी तोडफोड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?