+
+
Shares

बैंक खाताबाट वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाइयो चार गुणा

अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो सीमा १० पटकमात्र थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले चाडबाड लक्षित गरी बैंक खाताबाट वालेटमा रकम जम्मा गर्ने सीमा चार गुणा बढाएर दैनिक ४० पटकसम्म गर्न सकिने व्यवस्था गरेको छ।
  • प्राकृतिक व्यक्तिले विद्युतीय वालेटमा ५० हजार रुपैयाँभन्दा बढी मौज्दात राख्न नपाउने र बैंक खाताबाट वालेटमा पठाउन मिल्ने सीमा २ लाख रुपैयाँ तोकिएको छ।
  • यो व्यवस्था १३ असोजदेखि २१ असोजसम्म र दिपावली तथा छठ पर्वका बेला ३ कात्तिकदेखि १० कात्तिकसम्म लागु हुने राष्ट्र बैंकले बताएको छ।

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडबाड लक्षित गरी बैंक खाताबाट वालेटमा रकम जम्मा गर्न सकिने सीमा चार गुणा बढाएको छ ।

राष्ट्र बैंकले सबै भुक्तानी सेवा प्रदायक संस्थाका नाममा परिपत्र गर्दै यस्तो व्यवस्था गरेको जानकारी गराएको हो । अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो सीमा १० पटकमात्र थियो ।

प्राकृतिक व्यक्तिले आफ्नो विद्युतीय वालेटमा ५० हजार रुपैयाँभन्दा बढी मौज्दात राख्न पाउँदैन । बैंक खाताबाट वालेटमा पठाउन मिल्ने कारोबारको सीमा २ लाख, वालेटबाट अन्य बैंक खातामा २ लाख र एक वालेटबाट अर्को वालेटमा पठाउन सकिने कारोबारको सीमा प्रतिदिन ५० हजार रुपैयाँ रहेको छ ।

यो व्यवस्था १३ असोजदेखि लागु भई २१ असोजसम्म कायम रहने छ । यसैगरी दिपावली र छठ पर्वका बेला ३ कात्तिकदेखि १० कात्तिकसम्म यो प्रावधान लागु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?