Comments Add Comment

खेल संघको वर्गीकरण हुन्छ : मन्त्री विश्वकर्मा

६ पुस, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेल संघको वर्गीकरण हुने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबार राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गीकरणको व्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि स्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु वर्गीकरण गरिने बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले संघमा व्यक्ति एउटा दायित्व धेरै भएको पाइएका कारण अब त्यो प्रथाको अन्त्य हुने बताए । संघ विवाद सामाधन समितिका संयोजक समेत रहेका उपाध्यक्ष कोइरालाले भने, ‘संघ धेरै भएर राज्यले धान्न नसकेको होइन्, कतिपय संघले गर्ने गतिविधिका कारण खेलकुद क्षेत्र बदनाम हुँदै आएको छ अब यस्तो परिपाटी चल्दैन ।’

राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिविधि क्रमशः सामान्य अवस्थामा फर्कन थालेको बताए । उनले भने, ‘नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखेर परिषद्ले पुस महिना भर खेलकुदले मेची-महाकाली जोड्ने गरी ७ वटै प्रदेशमा २-२ दिने कार्यक्रमको आयोजना गर्दैछौं । प्रदेशका खेलकर्मी, खेलाडी,प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ ।’

सदस्य सचिव सिलवालले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति माग गरिरहेको बताए । उनले भने, ‘कोभिडको प्रभाव र असरलाई न्यूनिकरण गर्दै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुँदै जानेछन् ।’

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराए । सो अवसरमा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए ।

धेरै जसो संघहरुले आगमि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समावेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रमका राखेप सदस्यहरु, विभागीय प्रमुखहरु, प्रशिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment