+
+
Shares

त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे विदा नदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १२:५२

७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्षको हिउँदे विदा रद्द गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ ।

‘कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरूलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था यो वर्षका लागि रद्द गरी पठनपाठनलाई सुचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७६ चैतमा स्थगित परीक्षा तथा कक्षा त्रिविले भौतिक तथा अनलाइन माध्यमबाट सञ्चालन गर्दै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?