Comments Add Comment

‘अतरंगी रे’मा अक्षयको यस्तो गेटअप

नायक अक्षय कुमार आगरामा नायिका साराअली खानसँग चलचित्र ‘अतरंगी रे’को छायांकनमा व्यस्त छन् । चलचित्रको केही दृश्यको छायांकन ताज महलमा पनि गरिएको छ । नायिका साराअली खानले चलचित्रमा नायक अक्षय कुमारको भूमिका सार्वजनिक गरेकी छिन् ।

सार्वजनिक तस्वीरले अक्षयका फ्यानहरुलाई उत्साहित बनाएको छ । अक्षय हातमा गुलाबको फूल लिएर सवारीमा बसेको देखिन्छ । साराले अक्षयको एक भिडियो पनि शेयर गरेकी छिन् । उनले, अक्षय जस्तो अतरंगी अरु हुन नसक्ने उल्लेख गरेकी छिन् ।

यो चलचित्रमा धनुष र नसिरुद्दिन शाहको पनि मुख्य भूमिका छ । चलचित्रका सम्पूर्ण कलाकार आगरमा चलचित्रको छायांकन गरिरहेका छन् ।

चलचित्रमा नायिका साराअली खान र नायक धनुषको रोमान्स हेर्न सकिन्छ । सारा र धनुषले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । आनन्द एल रायको निर्देशनमा यो चलचित्र बनिरहेको छ । चलचित्रमा ए आर रहमानको संगीत, हिमांशु शर्माको गीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment