Comments Add Comment

त्रिभुवन आर्मीले पायो एएफसी क्लब लाइसेन्स

७ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी)बाट क्लब लाइसेन्स प्राप्त गरेको छ ।

एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीलाई एएफसी क्लब लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

अब आर्मीले एएफसीको प्रतियोगिता खेल्ने बाटो खुलेको छ । आर्मी गत सिजनको शहीद स्मारक ए डिभिजन लिगको उपविजेता हो ।

अब क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा फुटबल खेल्नेछ ।

यसअघि नेपालका १३ ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सका लागि आवेदन दिएका थिए । तर फस्ट इन्स्टान्ट बी (एफआईबी) १३ वटै क्लबको आवेदन अस्वीकृत गरेको थियो ।

त्यतिबेला त्रिभुवन आर्मी क्लबले गरेको प्रयासको प्रशंसा भएको थियो । एफआईबीले नोभेम्बर ३० मा नेपालका १३ वटै ए डिभिजन क्लबको क्लब लाइसेन्सिङको आवेदन अस्वीकृत गरेको हो ।

आर्मीले भने एफआईबीको निर्णयको विरुद्धमा पुनरावेदन गरेको थियो । त्यही अपिल बडीले मंगलबार आर्मीले क्लब लाइसेन्स पाउने निर्णय गरेको हो ।

एएफसी क्लब लाइसेन्सका लागि कुनै पनि क्लबले विभिन्न १८ वटा मापदण्ड पूरा गरेको हुनुपर्छ । आर्मीको आफ्नै फुटबल मैदान देखि प्रशिक्षण गर्ने स्थानलगायत धेरै जसो मापदण्ड पूरा भएपनि छुट्टै क्लब र विधान हुनुपर्ने मापदण्ड पूरा भएको थिएन ।

त्यसपछि त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा दर्ता गर्दै विधानसमेत संशोधन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment