+
+
Shares

नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १६:२५

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?