+
+
Shares

कर्णालीको खेलकुद परिषदको सदस्य सचिवमा संज्याल र उपाध्यक्षमा हमाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १८:०४

७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वामित्र संज्याल र उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवंम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

सचिव संज्याल सान्नीत्रिबेणी गाउँपालिका कालीकोटका हुन् भने उपाध्यक्ष हमाल सुर्खेतको वीरेन्द्रनगरका हुन् ।

मन्त्री केसीका अनुसार प्रदेश खेलकुद परिषद्को सदस्यहरुमा हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भूमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्कालाई नियुक्त गरिएको छ ।

नवनियुक्त संज्याल राष्ट्रिय खेलकुद परिषद्का पूर्वइन्जिनियर हुन् । संज्यालसँग राष्ट्रिय खेलकुद परिषदमा ८ वर्ष काम गरेको अनुभव छ ।

नवनियुक्त उपाध्यक्ष हमालले खेल पूर्वाधारको विकासमा सक्दो काम गर्ने बताएका छन् । हमाल जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष तथा मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?