Comments Add Comment

संयुक्त स्वास्थ्य संघर्ष समितिद्वारा आन्दोलनको घोषणा

फाइल तस्वीर

७ पुस, काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुद्वारा गठित संयुक्त स्वास्थ्य संघर्ष समितिको मंगलबार बसेको बैठकले आफूहरुको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका सदस्य सचिव माइकल देवकोटाले जानकारी दिए ।

मंसिर ७ मा संघर्ष समितिले १८ बुँदे माग राखेर स्वास्थ्यमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको थियो । तर माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको उनले बताए ।

उनका अनुसार पहिलो चरणमा सात वटै प्रदेशमा जनजागर अभियान सञ्चालन गरिने छ । पुस १२ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आसपास (माइतीघर मण्डला) मा प्ले कार्ड सहित मौन धर्ना कार्यक्रमको आयोजना गरिने उनले बताए ।

पहिलो चरणको आन्दोलनबाट पनि आफूहरुको माग सम्बोधन नभएका दोस्रो चरणमा कडा बिरोधका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment