Comments Add Comment

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन ओली समूहले सातै प्रदेशमा नेताहरु खटायो

ओली समूहको बैठक ।

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले पार्टीको केन्द्रीय कमिटीमा मनोनित सदस्यलाई कार्यगत प्रशिक्षण दिन प्रत्येक प्रदेशमा नेताहरु खटाएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एक प्रदेशमा ४ जनासम्म नेतालाई प्रशिक्षणका लागि खटाइएको छ । जसअनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फे खटिएका छन् ।

प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल खटिएका छन् ।

गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटा प्रशिक्षणमा खटिएका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे प्रशिक्षणका लागि खटिने भएका छन् ।

ओली समूहको मंगलबार बसेको बैठकले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । नयाँ थपिएका केन्द्रीय कमिटी सदस्यलाई प्रदेशस्तरमै प्रशिक्षणका लागि नेताहरु चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment