Comments Add Comment

‘ओली कमरेड, तपाईंले दिएको जिम्मेवारी स्वीकार्न सकिन’

८ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्य पद प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्वीकार गरेकी छन् । पार्टी फुटेका कारण जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय कमिटीमा बस्न नसक्ने बताउँदै उनले पद अस्वीकार गरेकी हुन् ।

‘विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारी मैले स्वीकार गर्न सकिन’, उनले भनेकी छन् ।

मंगलबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले गजमेरसहित झापाका १८ जनालाई केन्द्रीय सदस्य चयन गरेको थियो । तर, गजमेरलले केन्द्रीय सदस्यको पद अस्वीकार गरेकी हुन् ।

झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले पनि पद अस्वीकार गरेका छन् । उनले पनि सामाजिक सञ्जालमार्फत पद स्वीकार गर्न नसक्ने बताएका हुन् ।

‘कमरेडहरु, कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र रमिता बाहेक कमरेडहरु, यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ तर, मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन, धन्यवाद ।’

यो पनि पढ्नुहोस लुम्बिनीका नेताले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

प्रधानमन्त्रीको गृहजिल्लाबाट हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराललगायतलाई ओली समूहले मनोनित गरेको थियो ।

मोरङबाट जिल्ला समन्यव समिति प्रमुख नरेश पोखरेल, खड्ग बस्नेत, घनश्याम खतिवडा, गंगा डाँगी, युवराज बास्कोटा, हरि घिमिरे, सुबोध प्याकुरेल, रामलाल साह, डिपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मिना यादव, रामकुमार बस्नेत, ऋषिकेश पोखरेल र मोतिलाल दुगड मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment