Comments Add Comment

अमेरिकी विश्वविद्यालयमा नेपाली प्रोफेसरको नाम

काठमाडौं । एकजना नेपाली मुलका प्रोफेसर र उनकी पत्नीको नामबाट अमेरिकाको एक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयको नामाकरण गरिएको छ ।

वेष्ट भर्जिनिया राज्यको फेयरमण्ट राज्य विश्वविद्यालयले सोही विश्वविद्यालयमा प्रोफेसर डा.तुलसी जोशी र उनकी श्रीमती मर्लिनको नाममा ‘तुलसी एण्ड मर्लिन जोशी अफिस फर एडुकेशनल पाथवेज फर इन्टररनेशनल सेन्टर्स एण्ड स्टुडेन्टस्’ को नाम दिएको हो ।

डा.जोशी दम्पत्तीले सो कार्यक्रमका लागि यथेष्ट रकम दान गरेकाले विश्व विद्यालयले यो सम्मान गरेको जनाएको छ ।

फेयरमण्ट राज्य विश्वविद्यालयका प्रेसिडेण्ट मिर्ता एम मार्टिनले जोशी दम्पतीको दानले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि निकै महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । यसले अन्तर्राष्ट्रिय समुदायमा राम्रो सन्देश जाने पनि उनले बताए ।

नेपालको वझाङ् जिल्लाको तामाखानीमा जन्मेका जोशीले एसएलसी पास गरेपछि ११ दिनको पैदल यात्रा र ट्रेन तथा बस यात्रा गर्दै १५ दिन लगाएर पहिलोपल्ट काठमाडौं पाइला टेकेका थिए ।

सन् १९६३ मा भूगोलमा स्नातकोत्तर पास गरेपछि इष्टवेष्ट सेण्टर छात्रवृत्ति कार्यक्रममार्फत हवाईमा थप अध्ययनका लागि अमेरिका आएका थिए ।

उनले सन् १९६६ मा हवाईबाट स्नातकोत्तरको डिग्री हासिल गरेपछि सन् १९७२ मा पिटस्वर्ग विश्वविद्यालयबाट डक्टरेट गरेका थिए र त्यसै वर्षदेखि उनले फेयरमण्ट राज्य विश्वविद्यालयमा अध्यापन सुरु गरे । उनले सो विश्वविद्यालयमा ४२ वर्ष अध्यापन गरे र प्रोफेसरको सम्मानित पदमा पुगे ।

उनी अमेरिकामा सन् १९८३ मा स्थापना भएको एएनए अर्थात् एसोसियसन अफ नेपलिज इन अमेरिकाज संस्थामार्फत नेपाली विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रममा संलग्न हुँदै आएका थिए । यस कार्यक्रमबाट झण्डे ५० विद्यार्थी लाभान्वित भएका थिए ।

४५ वर्षदेखि दाम्पत्य जीवनमा बाँधिएकी उनकी पत्नी मर्लिन पनि शिक्षिका हुन् र ३० वर्ष अध्यापनपछि उनले पनि अवकास लिएकी छिन् ।

डा.जोशीले नेपालको धनगढीमा अवस्थित एक विद्यालयलाई ७० लाख दान गरेका छन् र त्यसको सम्मान स्वरुप सो विद्यालयको नाम राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय नामाकरण गरिएको छ ।

यसको अलावा उनले नेपालमा ३ छात्रवृत्तिसमेत स्थापना गरेका छन् ।

– गोविन्द गिरी प्रेरणाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment